कुरो धेरै पु्रानो होइन । एक दिन खरो र दरो व्यक्ति द्वयको मिलन आरेगनकोएक साहित्यिक कार्यक्रममा भयो। खरोको खरो प्रस्ताब स्पष्ट पारिसकेपछि दरोले पनि पर्याप्त उत्तर दिन किन पछि पथ्र्यो र? विषय के पो होला पाठकहरुलाई खुलदुली लाग्नृ्सक्छ, त्यो स्वभाविक नै हो । केहि वर्ष यता गैआनेको जन्म भए देखि सं.रा.अमेरिकामा डायस्पोरिक साहित्यका उदाहरणहरु छ्याप छ्याप्ती दुबो झैउत्पन्न हुन थालेको छ । यो साहित्यका प्रतिलिपि धेरैले देखे, सुने र पढेकोहुनै पर्छ । खरोले नेपाली डायस्पोरा साहित्य एउटा गलत र ढाेंग हो भन्दै वकालत गर्दै आएका छन्। खरोको यो कुरा ससन्मान स्वकार गर्नुको सट्टा केही ठुला बडा साहित्यकार भनाउंदाहरुले खरोको कुरा खडेरीमा झैं मिल्काइ रहेको बेला दरोले आफनै गतिलो पाराले कुल्चिने गरेकों खरो र दरो को मिलनबाट भएको छ । आफू भलो त जगत भलो भनी रहने आजको युग अनुरुप चल्नेहरुको सत्ताको दुरुप्रयोग गरि डायस्पोराको विकल्प हुदा हुादै विकल्प नदेखे जस्तो गर्नु साहित्यहरुमा पनि कतै आफ्नो गोरुको बाह्रैटका सम्झने गरेको त होइन भन्ने प्रश्न उठ्न सक्छ ।
डायस्पोरा अपवादलाई प्रचार प्रसार गर्दै आएको मात्र होइन अझै दरिलो बनाउने प्रयास गरेको महसुस हु्न्छ । त्यसैले होला शब्द चयनमा किन विवाद भन्न आफु उदारवादी भएर श्रोतासामु सज्जनताको मुखुण्डो लगाएर बुझ पचाउन खोजेको होला । आफु निकै दरिलो हुं भन्नेमानसिकता देखाउन निकै ठुलो स्वरमा कस्सिएको पाउनृ्पनि खरो संग ठृ्लो स्वरमा बोले जित्न सकिन्छ भन्ने मानसिकता ठानेको होला जस्तो लाग्छ । तर खरो पनि कम छ र त्यस्तै वातावरण सिर्जना गर्न योलेख लेखेर दरोलाई उत्तर दिन कम्मर कसेको छ ।
उपरोक्त विषयमा यति विघ्न व्यापक प्रचार प्रसार गर्दा पनि निर्कोल निकाल्न नसक्नु प्रस्तुत कर्ताले ओझेलमा पार्न जमर्को गरेकोत होइन भन्ने महसुस हृ्नृ्स्वभाविक हो । खरो र दरोको मिलनकोमुख्य उद्देश्य पनि यहि हो कि नेपाली साहित्यमा देखा परेका डायस्पोरा अध्याय स्विकार गर्ने कि नगर्ने? हालको साहित्यमा पुर्वाग्रही भएर डायस्पोराको परिधि बाहिर रहेका साहित्यलाई पनि पीठो बिकाए जस्तै गरी बिकाउन खोजेको देखिन्छ । योस्विकारोक्ति को विषय हो कि होइन ? दरोले पनि आफु विवादमा नफस्ने फन्को मारेर परोक्षा रुपमा स्विकार गरि आएको महशृ्स हृ्नृ् बाट नेपाली साहित्यमा अर्को गलत अध्याय थप्ने हो कि भन्ने शंका उत्पन्न भएको छ । नेपाल बाहिर जे लेखियो त्यही नै डायस्पोरा हो भन्ने सिदान्तहीन तर्ककोअनुशरण गर्ने हो भने भविष्यका कर्णधार साहित्यकारहरुले अवस्य मुल्याङ्कन गरी पृ्र्वजको आलोचना गर्नेछन्।
दरोको अर्को दरिलो खम्बाको रुपमा पहिले नेपाली त्यसपछि मात्र अन्य जातजाति आउंछ भन्नृ् हो । यो त सबैले स्विकारोस भन्ने कपोल कल्पित धारणा हो । नेपाली एक जबर जस्ती लादिदै आएको भावना हो भन्ने सर्व विदितैछ । योसाहित्यिक मात्र हो र राजनैतिक धराप पनि हो । किनभनेलोकतन्त्रमा नस्लवादीय र एकल जातीय भाषा र साहित्यलाई मात्र वढावां दिनृ्सरासर गलत धारणा हो । सबैकोसमान अवसर हुनृ्नितान्त आवस्यक र यसबारे विस्तृत छलफल हुनु पनि नितान्त आवस्यक छ । माओवादि पिढित भई देश छोडेर अन्य मुलकमा जिविकोपार्जन गर्नमा सफल भएकालाई बधाई दिनुपर्ने वातावरण अब छैन । किनभने माओवादी स्वयं जनमुक्ति आन्दोलनलाई विलय गरेर एकलकाटेमा सामेल भई नामोनिसाना मेटाई सक्दा पनि डायस्पोरा लाई फलिफाप हुने तर्क वितर्क गरेर देश विदेशमा चहारेर बुझ पचाइृसकेको मात्र होइन, ठूलो स्वरले तपाई त पापी हो भने ठडयौलीमा भन्नु कोअर्थ नै डायस्पोरा नेपाली साहित्यको अभिन्न अंग बनाउने जमर्काे गरेको त होइन भन्ने प्रश्न उठन सक्ने समय आएको छ । लाहुरे, मुग्लान,े प्रवासी, भारतीय, बिदेशी ह्ुदा हुदै अब गैआनेको आविस्कार पछि डायस्पोराको डकार अपच हुने गरी आउन थालेको छ। यो विचारनीय विषय हो । दरोले बाटो बिराए जस्तो छ है । यसमा सबैको ध्यान जावस्र गलत सिधान्तको प्रतिपादन साहित्यमा नहोस्।