(जुलाई ३१, २०१९)
अनुपमाको आकार हटाएर
डा. गोबिन्द रावत
टोरोन्टो
बिहानको ग्रुपलाई तालिम दिएर म आफनो कार्यकक्षमा बसेर कफी पिउदै थिए । लगभग १२ र १० वर्षका दुई छोराहरूलिएर एउटा दम्पत्ति मेरो कोठमा आएर नमस्कार गर्नु भयो । मैले बस्ने सङ्केत गरेपछि श्रीमान–श्रीमती कुर्सीमा बसे अनि छोराहरूचाहि नजिकै उभिए । मैले आउनको कारण नसोधी दुवैजनालाई भर्ना गर्ने हो भनेर प्रश्न गरे।
नया प्रदेशको नामसगै राजधानी बन्ने सौभाग्य पाएपछि यो शहरको रौनक बढ्दै गएको थियो । शहरको रौनकसगै यहाका रैथाने नागरिकहरुको ओहोदा पनि बढ्दै गएको छ । प्रान्तको आफनै एउटा सरकार छ। सरकारमा स्थानीय नागरिकहरू(राजनीतिक) पदासिन छन् । त्यसपछि उनका आफन्तहरूस्वकीय र सल्लाहकार बनेपछि पहुच सरकारसम्म पुग्ने भएको छ । प्रतिपक्षको पनि छाया सरकार छ रे । शहरमा नया हाकिमहरुको बाहुल्यता बढ्दो छ । हाकिमहरू कानून माथि रहनेहुनाले भनिन्छ अपराध पनि बढ्दो छ रे ।
शहरमा बिगत दस वर्षदेखि मैले ताई–कान–डोको प्रशिक्षण दिदै आएको छु । बिहान र साझ गरेर दुई चरणमा प्रशिक्षण दिने गर्छु । बिहान २१ जना छन्भने साझ २५ जना पुग्छन्। अहिले यो शहर प्रदेशको राजधानी बनेपछि प्रशिक्षण लिने विद्यार्थीको सङ्ख्या पनि बढेको छ । दुई वर्ष अगाडि दुईचरणमा गरेर १८ जना थिए । तर गत वर्ष क्याम्पसबाट घर फर्कने क्रममा शर्मीलामाथि भएको यौनजन्य अपराध र अपराधी समात्न प्रशासन असफल भएपछि आमाबुवाहरू आआफना छोरीलाई स्वयम् सुरक्षाका लागि मार्सल आर्टको तालिम दिन थालेपछि प्रशिक्षकको सङ्ख्या बढ्दै गएको छ । त्यसमा पनि युवतीहरूको सङ्ख्या बढी छ ।
पुरुषले नमस्कार गर्दै भर्ना गराउने बारे सोधेपछि मैले दुवैलाई भनि प्रश्न गरे । तर उनले जेठोलाई देखाएर यसलाई मात्रै भनेर केटोलाई मेरो अगाडि राख्यो । मैले दराज खोलेर भर्ना गर्ने फारम झिकेर पुरुषलाई दिदै केटोलाई सोधे । तिम्रो नाम के हो ?
अनुपमा ...........
नाम सुनेर म एकैछिन केटोलाई हेरी रहे । अनि अनुपम भनेर मैले अनुपमा सुनेको हो कि भनेर फेरी सोधे ।
उत्तर फेरी उहीनै आयो – अनुपमा
मैले पुरुषतिर हेरे । उनले पनि त्यही नाम दोहोराए ।
तर उनले लगाएको पहिरन । अझ भनौं कपालबाट लिएर लुगाहरूसबैबाट उनी अनुपमाभन्दा बढी अनुपम
देखिएकी थिईन ।
मैले काञ्छो केटो पट्टी हेरेको देखेर पुरुषले यो त छोरानै हो भनेर स्पष्टीकरण दियो ।
अनुपमालाई एकैछिन हेरी बसे । अनि लामो सास फेरर पुरुषतिर हेर्दै प्रश्न गर्न मन लागि रहेको थियो
तर पुरुषबाटै प्रश्न आयो ।
सर यहा केटा र केटीलाई सागै राखेर सिकाइन्छ ?
मैले हो भनेपछि फेरी अर्को प्रश्न आयो । बेग्ला बैग्लै सिकाउने व्यवस्था छैन सर ?
मैले छैन भनेपछि उनको अनुहारको रङ्ग फेरिएको देखेपछि सम्झाउादै भने ।
त्यस्तो केही छैन । यहा प्रशिक्षण सगै दिए पनि जोडी बनाएर अभ्यास गराउदा केटा र केटी छुट्याएर
गराईन्छ ।
हामी बीच कुराकानी चल्दै थियो र महिलाले मसग कलम माागेर फारम भर्दै थिईन ।
मैले अनुपमालाई हेर्दै पुरुषमाथि फेरी प्रश्न गर्न थाले ।
तपाईले अनुपमालाई सानैदेखि नै छोरा जस्तै बनाएर राखेको हो ?
मेरो प्रश्नको जबाबमा पुरुषले हो भन्दै हाम्रो समाजको अवस्था र सुरक्षा व्यवस्थामाथि औंला ठढ्याउदै भन्न थाले – के गर्ने सर देखिहाल्न ुभयो नि गत वर्ष के भयो । एउटी अबोध बालिका बलत्कृत भएर मारियो । राम्ररी कतै केही अनुसन्धान पनि भएन । सुरक्षाको जिम्मेदारी लिएर बसेको संस्थाले नै यस्तो घटना हिजो पनि थियो आज पनि छ र भोली पनि रहन्छ भनेपछि हाम्रा छोरीहरुले कसरी सुरक्षा पाउने? म एउटा सरकारी कर्मचारी हो, सर । प्रदेश बनेपछि मलाई यहा खटाईयो र म आए । आउनअघि नै यहा शर्मीला नाम गरेकी एउटी अबोध बालिकामाथि भएको घटनाले मलाई नराम्ररी झस्कायो । सरकारी जागिर भएपछि सरुवामा आउनै पर्यो । जता गए पनि हाम्रो समाज यहीनै हो सर । जोगाउन चेलीबेटीलाई नै पर्छ । अनि हामीले अनुपमालाई त्यसरीनै हुर्काएर राख्नु परेको हो सर । यहा नया ठाऊ भएकोले सबैले छोरानै भन्ठानेका छन्। स्कूलमा पनि केटाहरुकै युनिफर्म लगाएर पठाउने गरेका छौं सर । बानीब्यहोरा पनि केटा जस्तै भएको छ । के गर्ने आफुले सकेको जोगाउने हो सर ।
पुरुषको कुरा सुनेर म एकै छिन्स्तब्ध भए । अनुपमालाई हेरी रहे । अनुपमाको अनुहारमा मैले मेरो दुईटी छोरी अकृति र प्रकृतिको प्रतिबिम्ब देखे । दुवैजना यिनीहरुभन्दा एकएक वर्षले ठूला छन्। म एकोहोरिएको देखेर महिलाले बिन्ति गरिन – हजुर यहा कसैलाई पनि अनुपमाको बारेमा नभनी बक्सियोस । महिलाको बिन्तिमा विवसताको स्वर भिजिएकोले दरबारीय भाषा आएको थियो । मैले यस बारे चिन्तै लिन नपर्ने भन्दै छोरीलाई मात्रै भर्ना गर्ने कि दुवैजनालाई भन्ने वाक्य नसिद्धिदै महिलाले बीचमै काटेर अनुपम भनिबक्सियोस्हजुर लिङ्ग नछुट्याइसियोस्भनेर फेरी अर्को बिन्ति चढाईन।
पुरुषले चाहि छोरालाई देखाउादै, यो त छोरा हो हजुर यसलाई के को डर भन्दै मर्दको बयान गर्दै हामीलाई छोरी जोगउनै गाहे भएकोले कम से कम आत्मसुरक्षा गर्न सिकी भने आफुलाई त जोगाउन सक्छे भनेर अनुपमालाई मात्र दाखिला गर्न आएको भन्दै फारम भरेर दिए । फारम लिएर त्यसमा अनुपमाको एकप्रति फोटो टाासेर फारमलाई फाईलमा राख्दै मैले भोली बिहान ७ बजेदेखि प्रशिक्षणमा आउने भनेर उनीहरूलाई नमस्कारसहीत बिदा गरे ।
मैले परसम्म उनीहरूलाई गएको हेरी रहे । मेरो आाखाबाट ओझल नहुन्जेलसम्म हेरी रहे अनि लामो सास फेरेर कफी पिउदै समाचारपत्र पढ्न थाले ।
–––– बिहेको जन्तीमा आएका केटाहरूबाट बेहुलीको साथी बलत्कृत ...............
–––– बसबाट घर फर्कदै गर्दा एउटी युवतीलाई जबरजस्ती जिपमा राखेर अपहरण............
–––– मामा घर आएकी अबोध बालिका आफनै हजुरबुवाबाट बलत्कृत ................
–––– स्कूल बसबाट घर फर्कदा बस ड्राईभरबाट बालिका बलत्कृत
पत्रिका राख्दै म साझको प्रशिक्षण लिन आएका प्रशिक्षर्थीलाई हेर्न थाले । तालिम लिनेहरुमा तीन प्रतिशत
बालिकाहरूनै थिए । पुरुषले भनेका वाक्यहरूमेरो टाउकोमा ठोक्किन पुग्यो : सुरक्षाको जिम्मेदारी लिएर
बसेको संस्थाले नै यस्तो घटना हिजो पनि थियो आज पनि छ र भोली पनि रहन्छ भनेपछि हाम्रा
छोरीहरूले कसरी सुरक्षा पाउने ?
मैले प्रत्येक प्रशिक्षार्थी बालिका र युवतीको अनुहारमा अनुपमा देख्न थाले ।
त्यस दिन मैले कसरी प्रशिक्षण दिए आफैलाई थाहा भएन । मेरा प्रशिक्षार्थीले बारम्बार मलाई – सर यो
त भर्खर गरेको हैन भनेपछि म आफै झस्कने गर्थे ।
प्रशिक्षणपछि घर आएर पनि म अनुपमाको बुवालाई नै सम्झीरहेको थिए । म अनुपमाको अनुहारमा
पुरुषले बोलेका शब्दहरूपढी रहेको थिए ।
रात्रीको खानपानपछि छोरीहरुलाई अर्को कोठामा सुताएर आएपछि मैले प्रमीलालाई भोली छोरीहरुलाई
नयाा लुगा सिउन जाने बारे जानकारी गराउदा प्रमीला मेरो अनुहार हेर्दै हाम्लाई पनि चाहिन्छ नया नाना
भन्दै मस्किन थाली ।
प्रमीलालाई एकै छिन हेरी रहे अनि लामो सास फेर्दै अनुपमाको बुवाले छोरीको अस्तित्व जोगाउन अनुपमा
नाममा आउने आकारमात्रै नभएर छोरीको आकार छोरामा छेर्नु परेको विवशताका बारेमा भने पछि प्रतीमा
पनि एकै छिन स्तब्ध भईन र छोरीहरुका लागि लुगामात्र हैन स्कूलनै फेर्ने कुरा गरेर हामी सुत्यौं ।
(जुलाई ३१, २०१९)